काठमाडौं- बलिउड चलचित्र छायाङ्कन टोली लुक्लामा रोकिएको छ । मौसम प्रतिकूल भएपछि मौसम प्रतिकूल भएपछि हो । टोलीमा ८५ जना चलचित्रकर्मी रहेका छन् ।
विश्वको सर्वोच्च शिखर सगरमाथा रहेको क्षेत्रमा ‘उंचाई’ नामक बलिउड चलचित्र छायाङ्कन गर्न आएको टोली हिजो काठमाण्डौ फर्किने कार्यतालिका थियो । तर मौसमका कारण उडान प्रभावित भएको छ ।
मौसमका कारण भोलि मनाङ प्रस्थान गर्ने कार्यतालिका समेत प्रभावित भएको छ । गएको असोज २१ गतेदेखि खुम्बु क्षेत्रमा छायाङ्कन सुरु भएको थियो ।लुक्लामा आज बिहानैदेखि बाक्लो हुस्सु लागेकाले उडानको सम्भावना कम रहेको बताइएको छ ।