अविरल वर्षाका कारण महाकाली नदीमा आएको बाढी अहिले सम्मकै ठुलो, दूई सय घर डुवानमा — OSNepal

अविरल वर्षाका कारण महाकाली नदीमा आएको बाढी अहिले सम्मकै ठुलो, दूई सय घर डुवानमा

LC (KTM) October 19, 2021 0

काठमाडौं २ कात्तिक । आइतबार देखि परेको अविरल वर्षाका कारण महाकाली र जोगबुढा नदीमा अहिले सम्मकै ठुलो बाढी आएको छ । उक्त बाढीले कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिकाको वडा नम्बर ९, १२ र १३ तथा दोधाराचाँदनी नगरपालिका वडा नम्बर १० को कुतियाकबर क्षेत्रका दुई सय घर डुबानमा परेको छ ।

लगातार वर्षाको कारण आएको उक्त बाढीले चार लेनको महाकाली पुललाई जोड्ने सडक मार्गका रुपमा निमार्ण भइरहेको ६ लेनको सडकमा समेत क्षति पुर्याएको छ । प्रहरी कार्यालय कञ्चनपुरले बताए अनुसार त्यस क्षेत्रका बासिन्दालाई भने सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ ।

मानविय क्षति भने भएको छैन । उद्धार तथा राहतको लागि नेपाली सेना , नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको टोली परिचालन गरिएको जनाइएको छ । भिमदत्त नगरपालिका वडा नम्बर १२ का ४० परिवारलाई स्थानीय विद्यालयमा सारिएको छ । प्रहरीले दिएको जानकारी अनुसार महाकाली नदीमा आएको यो बाढी २०७० साल यताकै सबैभन्दा ठुलो बाढी रहेको छ ।

आज बिहान मात्र माहाकाली नदीको बहाव तीन लाख ९१ हजार क्युसेक मापन गरिएको थियो । अहिले त्यो नदीले त्यो बहाव पनि पार गरेर र चार लाख ६१ हजार सात सय २८ क्युसेक पुगेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर