हुम्ला । चीनसँ गको सिमाना जोडिएको उत्तरी नाम्खा गाउँपालिकाको हिमालपारीको गाउँ लिमी, हिल्सा र यारी क्षेत्रमा हिमपात भएको छ । आईतबार बेलुकाबाट परेको बर्षासगै हिमपात सुरु भएको हो ।
प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले नाम्खा गाउँपालिकाको वडा नम्बर ५ को यारी र हिल्सा तथा ६ नम्बरको लिमीमा एक फिट भन्दा बढी हिउ जमेको बताउनुभयो ।
बर्षासंगै आएको हिमपात पर्ने क्रम सोमबार बेलुकासम्म जारी रहेकोले जमिनमा हिउ जम्ने क्रम अझै बढ्ने उहाँले बताउनुभयो । हिउ जमेर उक्त क्षेत्रको जमिन सेताम्मे भएको लिमी, हिल्सा र यारी प्रहरी चौकीबाट जानकारी प्राप्त भएको उहाँले बताउनुभयो । गोरखापत्र दैनिकमा छापिएको छ ।जमिनमा हिउ जमेसँगै सो क्षेत्रको तापक्रम माईसन चार डिग्रीमा पुगेकोले जनजीवन निक्कै कष्टकर भएको प्रहरीले जनाएको छ ।