पोखरा- पोखरा गत बैशाख २१ गते देखि लकडाउनमा छ । अति आवश्वक बाहेक अन्य सवारी तथा व्यवसाय खुलेका छैनन् । जिल्ला प्रहरी कार्यलय कास्कीले लकडाउनलाई अझ कडाई गर्न थालेको छ । मानिसहरु घरबाट बिभिन्न बाहना बनाएर बाहिर निस्कन थालेपछि प्रहरीले कडाई गर्न थालेको हो ।
अझ मानिसहरु मर्निङ तथा इभिनिङ वाकको नाममा बाहिर निस्केपछि पोखराका त्यस्ता ठाउँहरुमा प्रहरीले निगरानी गर्न थालेको छ । बिशेषत प्रेम गर्ने जोडिहरु जाने भनेर चिनिएको पोखराको लब्ली डाँडामा प्रहरीले आफ्नो निगरानी बढाएपछि त्यहा रहेका सर्यौ मानिसहरुको भागाभाग भएको थियो । बेलुकी पख हावा खाने निहुमा पनि लब्ली डाँडामा धेरैको संख्या बढ्न थालेपछि लकडाउनको बेला भएका यस्तो कार्यलाई निरुत्साहित पार्न कास्की प्रहरी लागि परेको छ । हेर्नुहोस् यो भिडियो ।