कोरोना सङ्क्रमण भई भेन्टिलेटरमा उपचाररत बिरामीको सङ्ख्या शुन्य — OSNepal

कोरोना सङ्क्रमण भई भेन्टिलेटरमा उपचाररत बिरामीको सङ्ख्या शुन्य

LC (KTM) October 18, 2021 0

तनहुँ, १ कात्तिक -तनहुँमा कोरोना सङ्क्रमण भई भेन्टिलेटरमा उपचाररत बिरामीको सङ्ख्या शुन्य दरमा झरेको छ । जिल्लाका भेन्टिलेटरसहितको अस्पतालमा कोरोना सङ्क्रमणका बिरामी उपचारमा नआएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ । कोरोना पोजेटिभ भई हाल होम आइसोलेसमा रहेका ७५ जना रहेका छन् । जिल्लामा सबैभन्दा बढी व्यास नगरपालिकामा ३०, शुुक्लागण्डकीमा १९, भिमादमा नौ, म्याग्देमा सात, भानुमा पाँच, बन्दीपुरमा दुई र देवघाट, आँबुखैरेनी र ऋषिङ गाउँपालिकामा एक÷एक जना रहेका छन् ।

आइतबारसम्म सक्रिय सङ्क्रमितको सङ्ख्या ३७ रहेको स्वास्थ्य कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिनुभयो । व्यास नगरपालिकामा २०, शुक्लागण्डकी नगरपालिका–९, भिमाद नगरपालिकामा तीन, म्याग्दे गाउँपालिकामा चार, ऋषिङगाउँपालिकमा एक जना रहेका छन् । जिल्लाको घिरिङ गाउँपालिकमा भने कोरोनाको सङ्ख्या दर शुन्य रहेको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर