सेती प्रादेशिक अस्पतालमा उपचाररत थप पाँच कोरोना सङ्क्रमितको मृ त्यु — OSNepal

सेती प्रादेशिक अस्पतालमा उपचाररत थप पाँच कोरोना सङ्क्रमितको मृ त्यु

LC (KTM) May 23, 2021 0

कैलाली, ९ जेठ- कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत थप पाँच कोरोना सङ्क्रमितको आज मृत्यु भएको छ । मृ त्यु हुनेमा धनगढी उपमहानगरपालिका–२ का ६५ वर्षीय पुरुष, धनगढी उपमहानगरपालिका–५ का ६२ वर्षीय पुरुष, कैलारी गाउँपालिका–९ का ४५ वर्षीय पुरुष गोदावरी नगरपालिका–१ का ५५ वर्षीय पुरुष र गोदावरी नगरपालिका–५ का ४७ वर्षीय पुरुष रहेको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले जानकारी दिनुभयो ।

कोरोना सङ्क्रमणबाट तीनको मृ त्यु :- कोरोना सङ्क्रमणबाट आज यहाँ तीन जनाको मृ त्यु भएको छ । योसँगै कोरोना सङ्क्रमणबाट जिल्लामा मृ त्युहुनेहरूको सङ्ख्या ३५ पुगेको छ । कोरोना सङ्क्रमणबाट छत्रेश्वरी गाउँपालिका–६ का ६३ वर्षीय, वागचौर नगरपालिका–९ का ५२ वर्षीय र त्रिवेणी गाउँपालिका६ का ५८ पुरुष छन् । मृ त्यु हुने तीनै जनाको सल्यान अस्पतालमा उपचारका क्रममा मृ त्यु भएको स्वास्थ्य कार्यालय सल्यानले जनाएको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर