'अस्पतालको शय्यामा संक्रमित छट्पटाइरहँदा सरकारले चुनावको घोषणा गर्नु सरकारको चरम गैर जिम्मेवारीपनको स्पष्ट उदाहरण हो' — OSNepal

‘अस्पतालको शय्यामा संक्रमित छट्पटाइरहँदा सरकारले चुनावको घोषणा गर्नु सरकारको चरम गैर जिम्मेवारीपनको स्पष्ट उदाहरण हो’

LC (KTM) May 23, 2021 0

काठमाडौं ९ जेठ । कोभिडको यो महामारीमा सरकारले घोषणा गरेको मध्यावधि निवार्चन उपयुक्त नभएको भन्दै जनस्वास्थ्यकर्मीहरुले तत्काल फिर्ता लिनुपर्ने बताएका छन् । आज एक संयुक्त विज्ञप्ती जारी गर्दै कोरोेनाका बिरामी छट्पटाइरहँदा सरकारको यो निणर्यले चिन्तित र मर्माहित भएको उल्लेख गरिएको छ ।

डा.शरद वन्त, डा.महेश मास्के, डा. बद्रीराज पाण्डे, डा. सुजनबाबु मरहट्टा, डा. अरुणा उप्रेती डा. समीरमणि दीक्षित, डा. बिन्ज्वला श्रेष्ठ, डा. राजेन्द्र बीसी र डा. कृष्णमान शाक्यद्वारा आइतबार जारी संयुक्त विज्ञप्तिमा जारी गर्दै अस्पतालको शय्या नपाएर कोभिडका बिरामीहरु छट्पटाइरहेको बेला, आवश्यक औषधि र अक्सिजन नभएर स्वास्थ्यकर्मीले अथक प्रयास गर्दा(गर्दै पनि अस्पतालको शय्यामा बिरामीहरुले ज्यान गुमाउनु परेको यो मार्मिक घडीमा जनताको जीवन रक्षामा केन्द्रित हुनुको सट्टा मध्यावधि निर्वाचनको घोषणा गर्नु नागरिकको जीवनप्रति सरकारको चरम गैर जिम्मेवारीपनको स्पष्ट उदाहरण भएको उल्लेख समेत गरेका छन् ।

‘यो क्षम्य हुँदैन र हामी जनस्वास्थ्यकर्मीहरु यो छुट कदापी दिन सक्दैनौं । त्यसैले, यो महामारीको बेला नागरिकको जीवनलाई जोखिममा राख्दै गरिएको मध्यावधि निर्वाचनको घोषणा अविलम्ब फिर्ता लिन हामी माग गर्दछौं र नागरिकको स्वास्थ्य सुरक्षाप्रति सम्वेदनशील बन्दै यो घोषणाको प्रतिकार गर्न सबै सरोकारवालाहरुलाई हार्दिक आह्वान गर्दछौं ।’

चुनाव नै कोरोनाको अर्को महामारीको रुपमा फैलने भन्दै यस्तो अवस्थामा चुनाव गर्नु उपयुक्त नभएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर