मकै संरक्षणका लागि तनहुँका किसानले थाक्रोमा यसरी झुन्डाएर राख्छन् मकै — OSNepal

मकै संरक्षणका लागि तनहुँका किसानले थाक्रोमा यसरी झुन्डाएर राख्छन् मकै

LC (KTM) October 17, 2021 0

तनहुँको भानु नगरपालिका–१३ मिर्लुङस्थित एक घरमा राखिएको मकैको थाक्रो । मकै संरक्षणका लागि गाउँघरमा यसरी थाक्रो बनाएर राखिन्छ ।

मेलम्ची इन्द्रावती सडक पुनः अवरुद्ध-गए रातिको भीषण वर्षाका कारण मेलम्ची इन्द्रावती जोड्न अस्थायी मोटरबाटोमा क्षति पुगेको छ । गत असार १ को बाढीले पक्की पुल बगाएपछि करिब तीन महिनापछि ह्युम पाइप राखी मोटरबाटो बनाइएकोे थियो । मोटरबाटोमा गए रातिको वर्षाले पुनः क्षति भएको उक्त अस्थायी मोटरबाटो उपभोक्ता समितिका अध्यक्ष तारा बानियाँले जानकारी दिनुभयो ।

उहाँले मौसम सुधार आउने वित्तिकै बाटो मर्मत गरी सञ्चालनमा ल्याउने बताउनुभयो । यस्तै मेलम्ची दुवाचौर जोड्न फट्टेमा बनाइएको ह्युमपाइप माथिको माटो बगाएका कारण उक्त बाटोसमेत अवरुद्ध भएको स्थानीयवासी दशरथ दनुवारले जानकारी दिनुभएको छ । हेलम्बुको चनौटेमा राखिएको ह्युमपाइप भने सुरक्षित रहेको स्थानीयवासी यम ज्योतिले बताउनुभयो छ । असार १ र साउन १६ गते आएको बाढीका कारण सडक सञ्जाल टुटेका विभिन्न ठाउँमा ह्युम पाइप राखी सडक सञ्चालनमा ल्याइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर