किर्ते कागजात बनाई , अरुको पार्टी फुटाएर प्रधानमन्त्री दावी गर्न कांग्रेस राष्ट्रपति कार्यालय पुगेको ओलीको आरोप — OSNepal

किर्ते कागजात बनाई , अरुको पार्टी फुटाएर प्रधानमन्त्री दावी गर्न कांग्रेस राष्ट्रपति कार्यालय पुगेको ओलीको आरोप

LC (KTM) May 23, 2021 0

काठमाडौं ९ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादीका अध्यक्ष प्रचण्डसँग मिलेर सत्ता कब्जा गर्न नेपाली कांग्रेस लागि परेको दावी गरेका छन् ।आइतबार बालुवाटारमा पत्रकार सम्मेलन गर्दै नेकपा एमालेका अध्यक्ष समेत रहेका ओलीले लोकतान्त्रिक दल भन्दै आएको कांग्रेसले गएको १ बर्षदेखि माओवादीसँग मिलेर सत्ता कब्जाको बाटोमा अग्रसर भएको आरोप लगाएका हुन् ।

किर्ते कागजात बनाएर अरुको पार्टी फुटाएर आफु प्रधानमन्त्री बन्न राष्ट्रपतिकोमा गएको आरोप समेत लगाएका छन् । सम्मेलनमा ओलीले हिंसात्मक रुपमा सत्ता कब्जा गरेर लोकतन्त्र समाप्त पार्न लागि परेको माओवादीको योजना विफल भएकाले अहिले आफुलाई लोकतन्त्रवादी भन्दै आएको समेत टिप्पणी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर