काठमाडौँ । पश्चिम नेपालको लुम्बिनी अञ्चलमा रहेको श्रीनगर डाँडाको काखदेखि माडी उपत्यका सम्म फैलिएको पाल्पा जिल्ला सदरमुकामलाई तानसेन भनि चिनिन्छ । यो एतिहासिक शहर हो। यहाँको सुन्दर पाल्पा दरबार, रानीमहल, भगवती मन्दिर, अमर नारायण मन्दिर, भैरवस्थान मन्दिर लगायत प्रसिद्ध छन् ।
तानसेन पर्यटकीय स्थल पनि हो । यही रमणीय क्षेत्रको महिमा उजागर गर्ने उयदेश्यले तयार पारिएको पाल्पा तानसेन बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । एसियाकै ठूलो त्रिशुल, लालिगुराँस फुल फुल्ने पहाड, लगायतका कैयौँ महत्व बोकेका समसामयिक कुराहरुलाई समेटिएको गीतमा बुढा कला र शशीकला मोक्तानको स्वर रहेको छ । भोजु रुचालको शब्द शृजना रहेको गीतको एरेन्ज र संगीत विष्णु तामागंको रहेको छ । हेर्नुहोस् भिडियो