नेपालमा २४ घण्टामा ७९१४ संक्रमित, ७ हजार ६६४ जनाले जिते कोरोना — OSNepal

नेपालमा २४ घण्टामा ७९१४ संक्रमित, ७ हजार ६६४ जनाले जिते कोरोना

LC (KTM) May 23, 2021 0

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ७ हजार ९ सय १४ संक्रमित जनामा कोरोना  संक्रमण भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार विभिन्न जिल्लामा गरिएको १८ हजार ९६५ पीसीआर परीक्षणमा ७ हजार ५९८ जनामा कोरोना पुष्टि भएको हो ।

यसअघि शनिबार देशभर ८९८० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने ८८४८ जना संक्रमणमुक्त बनेका थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार आज २४ घण्टामा १९३ को मृत्यु भएको छ । शनिबार १२९ जनाको संक्रमणका कारण मृत्यु भएको थियो । यस्तै २४ घण्टामा ७ हजार ६६४ जना कोरोना संक्रमणमुक्त भएका छन् । नेपालमा सक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ५४७ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर