काठमाडौं २८ असोज । वर्षको एक दिन मात्र खुल्ने काठमाडौंको तलेजु भवानीको मन्दिर दर्शन गर्ने आउने भक्तजनको ठुलो भीड लागेको छ । ३ सय ६४ दिन नित्य पुजा हुने अनि एक दिन मात्र सर्वसाधारणको लागि खुल्ला हुने यो मन्दिर हरेक वडा दशैँको महानवमीको दिन मात्र खुल्ले गरेको छ ।
त्यसैगरी, भक्तपुरको तलेजु भवानी पनि भक्तजनका लागि नवमीको दिन खुला गरिएको छ । तत्कालिन मल्ल राजाको शक्तिको स्रोतका रूपमा तलेजु भवानीमा महाअष्टमीका दिन विशेष पूजासहित बलि चढाएर कालरात्रि गर्ने परम्परा रहेको छ ।
तलेजु भवानीलाई जीवित कुमारीलाई इष्टदेवी को प्रतिकको रुपमा समेत लिइन्छ ।