देवकोटाको खुलासा: चुनावबाट ब्याक हुन धेरैले थर्काए — OSNepal

देवकोटाको खुलासा: चुनावबाट ब्याक हुन धेरैले थर्काए

LC (KTM) May 23, 2021 0

काठमाडौं ९ जेठ । वाग्मती प्रदेशको राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनमा विजयी खिमलाल देवकोटाले आफूलाई चुनावबाट ‘व्याक’ हुन धेरैले थर्काएको बताएका छन् । देवकोटाले सामाजिक सञ्जाल मार्फत यसको खुलासा गरेका हुन् ।

आफुलाई थर्काएको केहि व्यक्तिको आवाज नै रेकर्ड गरेर राखेको बताएका देवकोटाले समयक्रममा आवश्यकता परेमा नाम पनि बताउने खुलासा गरेका छन् । बोलेपछि, सही गरेपछि, वचनवद्धभएपछि पुरा गर्नुपर्दछ । भागेर, लुकेर, जालसाझी गरेर केही समय त टिकिएला ।

तर, वुझन जरुरी के पनि छ भने हामी जस्ता युवाहरुले लामो यात्रा गर्न बाँकी नै छ । निष्ठा र ईमान्दारिताको राजनीतिबाट भागेर नहिडौ । बोली र ईमानमा कटिवद्ध होऔ । उनले भनेका छन् , आफु अडिग भएर मात्र विजय भएको बताएका देवकोटाले यदि विचलित भएको भए आफु जस्ता स्वतन्त्र रुपमा कलम चलाउने बुद्धिजीवीको इज्जत प्रतिष्ठा जाने दावी पनि गरेका छन् ।

उनले लेखका छन् , व्यक्तिगत रुपमा मलाई चुनावबाट back हुन धेरै जनाले फकाएरथर्काए । समयक्रममा आवश्यकता परेमा नाम भन्दै गरौला । कसै कसैको त voice रेकर्डनै राखेको छु । तर म अडिग रहे । विचलित भएको भए मेरो मात्र हैन म जस्ता स्वतन्त्र रुपमा कलम चलाउने वुद्धिजीवीहरुको ईज्जत प्रतिष्ठा जाने थियो । हामी कलंकित हुने थियौ । लामो समयदेखि राजनीति गर्ने केही नेताहरुले हामीजस्ताबाट केही सिक्दा राम्रै होला । बोलेपछि, सही गरेपछि, वचनवद्धभएपछि पुरा गर्नुपर्दछ । भागेर, लुकेर, जालसाझी गरेर केही समय त टिकिएला । तर वुझन जरुरी के पनि छ भने हामी जस्ता युवाहरुले लामो यात्रा गर्न बाँकी नै छ । निष्ठा र ईमान्दारिताको राजनीतिबाट भागेर नहिडौ । बोली र ईमानमा कटिवद्ध होऔ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर