मुगुमा बस दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या ३२ पुग्यो — OSNepal

मुगुमा बस दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या ३२ पुग्यो

LC (KTM) October 12, 2021 0

मुगु २६ असोज । मुगुमा मंगलबार दिउँसो २ बजे भएको भयानक दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या ३२ पुगेको छ । उपचारको लागि नेपालगञ्ज पुर्याइएको १६ जना मध्ये थप चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

२४ जनाको घटना स्थलमै ज्यान गएको थियो । थप चार जनाको भनेउद्धार गरी ताल्चा विमानस्थल पुर्‍याउने क्रममा ज्यान गएको थियो । ज्यान गुमाउनेमा १६ जना पुरूष, ७ जना महिला र १ जना बालक रहेका छन् ।

नेपालगञ्जबाट मुगुको लागि हिडेको भे १ ख ३१६७ नम्बरको बस छायाँनाथ रारा नगरपालिका–७, पिना झ्यारीखोलामा दुर्घटना भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर