मुगु बस दुर्घटना अपडेट : ज्यान गुमाउनेकोे संख्या २४ पुग्यो, घाइते १४ जनालाई उपचारको लागि हेलिकप्टरबाट नेपालगञ्ज लगियो — OSNepal

मुगु बस दुर्घटना अपडेट : ज्यान गुमाउनेकोे संख्या २४ पुग्यो, घाइते १४ जनालाई उपचारको लागि हेलिकप्टरबाट नेपालगञ्ज लगियो

LC (KTM) October 12, 2021 0

काठमाडौं २६ असोज । मंगलबार दिउँसो २ बजे भएको भयानक दुर्घटनामा मृतकको संख्या २४ पुगेको छ । नेपालगञ्जबाट मुगुको लागि हिडेको भे १ ख ३१६७ नम्बरको बस छायाँनाथ रारा नगरपालिका–७, पिना झ्यारीखोलामा दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते भएकामध्ये १२ जनालाई समिट एयरको हेलिकप्टरबाट र २ जनालाई नेपाली सेनाको हेलिकप्टरबाट नेपालगञ्ज लगिएको छ । साढे दुई सय मिटर तल खसेको उक्त घटनास्थलमा नेपाली सेनाको हेलिकोप्टर, नेपाल प्रहरी, सशस्त्र प्रहरी उद्धारको लागि खटिएका छन् ।

मृतकको सनाखत भने भइ नसकेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर