स्वास्थ्य मापदण्ड पालना गरेर दसैँ मनाउन अनुरोध — OSNepal

स्वास्थ्य मापदण्ड पालना गरेर दसैँ मनाउन अनुरोध

LC (KTM) October 12, 2021 0

काठमाडौँ, २६ असोज-सुशील कोइराला मेमोरियल फाउन्डेसनले कोरोना जोखिम केही कम भए पनि महामारी पूर्ण रुपमा अन्त्य नभएकाले सचेतताका साथ बडादसैँ मनाउन आह्वान गरेको छ ।फाउन्डेसनका अध्यक्ष एवं नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइराला र सदस्य सचिव अतुल कोइरालाले आज विज्ञप्ति जारी गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर दसैँ मनाउन अनुरोध गर्नुभएको हो । नेपालीको महान् चाड दसैँ, शुभदीपावली, नेपाल संवत् एवं छठजस्ता सांस्कृतिक पर्वले सबै नेपालीलाई एकताको सूत्रमा बाँध्ने भएकाले पर्व मनाउँदा स्वास्थ्य सुरक्षालाई पनि ध्यान दिन विज्ञप्तिमा आह्वान गरिएको छ ।

यसअघि कोरोनाको दोस्रो लहरसम्म आइसकेकाले सचेत भएर चाडपर्व मनाउन र अहिलेसम्म बालबालिकाका लागि नेपालमा खोप उपलब्ध नभएकाले बालबालिकालाई जोखिम कम हुने गरी पर्व मनाउन सबै अभिभावकले ध्यान दिनुपर्ने फाउन्डेसनको आह्वान छ । पछिल्लो समय सार्वजनिक यातायात, मठमन्दिरमा भीड बढेको र त्यसमा बालबालिकासमेत धेरै देखिएकाले सचेतता अपनाउनुपर्नेमा जोड दिइएको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर