मुगुमा दशैँमा घर फर्किएका यात्रु बोकेर हिडेको यात्रुवाहक बस दुर्घटना, १६ जनाको मृत्यु — OSNepal

मुगुमा दशैँमा घर फर्किएका यात्रु बोकेर हिडेको यात्रुवाहक बस दुर्घटना, १६ जनाको मृत्यु

LC (KTM) October 12, 2021 0

मुगु २६ असोज । नेपालगन्जबाट मुगुको लागि छुटेको यात्रुवाहक बस दुर्घटना हुँदा १६ जनाको ज्यान गएको छ ।

जिल्लाको मुगु सदरमुकाम गमगढीतर्फ जाँदै गरेको भे १ ख ६७ नम्बरको बस छाँयानाथ रारा गाउँपालिका– ७ स्थित पिनागाउँमा आज मंगलबार दिउँसो २ बजे दुर्घटना भएको हो ।

१६ जनाको ज्यान जाने गरी भएको दुर्घटनामा डेढ दर्जन भन्दा बढी घाइते भएको बताइएको छ । प्रहरीले दिएको जानकारी अनुसार भिरालो बाटोका कारण बस दुर्घटना भएको हुन सक्ने जनाएको छ ।

घटनाको विस्तृत जानकाी आउन बाँकी छ । घटनास्थलमा उद्धार कार्य पनि भइरहेको मुगु प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर