राजसंस्थाविनाको प्रजातन्त्र नेपालमा सान्दर्भिक हुन सक्दैन : पूर्वराजा शाह — OSNepal

राजसंस्थाविनाको प्रजातन्त्र नेपालमा सान्दर्भिक हुन सक्दैन : पूर्वराजा शाह

LC (KTM) October 12, 2021 0

काठमाडौं, २६ असोज-पूर्वराजा ज्ञानेन्द्र शाहले राजसंस्थाविनाको प्रजातन्त्र नेपालमा सान्दर्भिक नहुने बताएका छन् ।विजय दशमीको अवसरमा शुभकामना दिँदै उनले प्रजातन्त्रविनाको राजसंस्था र राजसंस्थाविनाको प्रजातन्त्र नेपालमा सान्दर्भिक हुन नसक्ने बताएका छन् ।

‘देशको तत्कालीन परिस्थितिले हामीलाई बेग्लै जिम्मेवारी ग्रहण गर्न बाध्य तुल्याइए पनि प्रजातन्त्रविनाको राजसंस्था र राजसंस्थाविनाको प्रजातन्त्र हाम्रो जस्तो मुलुकमा सान्दर्भिक हुन सक्दैनन भन्ने बोध हामीले गरेका छौँ’, उनले जारी गरेको शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।

यस्तै उनले परराष्ट्र नीति असन्तुलित हुँदा राष्ट्रिय सुरक्षामा चुनौती थपिएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर