लडेर गम्भिर घााइते भएका नारायणको हेलिकप्टरबाट उद्दार — OSNepal

लडेर गम्भिर घााइते भएका नारायणको हेलिकप्टरबाट उद्दार

LC (KTM) October 12, 2021 0

रसुवा, २६ असोज- दक्षिणी रसुवाको ठूलोगाउँस्थित भूमेस्थान इलाका क्षेत्रमा लडेर गम्भिर घााइते भएका एक व्यक्तिको उद्दार गरी उपचारको लागि काठमाडौँ लगिएको छ । नुवाकोट जिल्ला किस्पाङ गाउँपालिका–५ गोगने घर भई हाल रसुवा उत्तरगया गाउँपालिका–३ ठूलोगाउँमा पसल व्यवसाय गर्ने ४० वर्षका नारायणबहादुर ढुङ्गेल लडेर घाइते हुनुभएको थियो ।

टाउँकोमा गम्भीर चोट लागेर अचेत अवस्थामा भेटेपछि उपचारको लागि कैलास एयरको हेलिकप्टरद्वारा काठमाडौँ पठाइएको डाँडागाउँ प्रहरी चौकीले जनाएको छ ।उनलाई घाँस काट्नेले भेटेपछि उद्वार गरिएको र घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरी प्रमुख देवेन्द्र पाण्डेले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर