मोतीपुर घटनाको मुख्य कारण ओली सरकार हो : सत्तारुढ तीन विद्यार्थी संगठन — OSNepal

मोतीपुर घटनाको मुख्य कारण ओली सरकार हो : सत्तारुढ तीन विद्यार्थी संगठन

LC (KTM) October 12, 2021 0

काठमाडौं २६ असोज । सत्तारुढ तीन दलका विद्यार्थी संगठनहरुले रुपन्देहीको मोतीपुरमा भएको घटना तत्कालिन केपी ओली सरकारको कारण भएको आरोप लगाएका छन् ।

आज मंगलरबार माओवादी केन्द्र निकट अनेरास्ववियू क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह, एकीकृत समाजवादी निकट अनेरास्ववियु अध्यक्ष सुदेश पराजुली र जसपा निकटको समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठले संयुक्त विज्ञप्ती जारी यस घटनाको मुख्य कारण ओली सरकार भएको आरोप लगाएका हुन् ।

मोतीपुरमा प्रहरीले चलाएको गोली लागेर चार जना सुकुम्वासीको ज्यान गएको थियो । यस घटनाको छानविन गरी दोषीलाई कारबाही गर्न माग गर्दै विज्ञप्ती मार्फत मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिन र घाइतेहरुको निःशुल्क उपचार गर्न समेत सरकारको ध्यानाकर्षण गराएका छन् ।

‘अनाहकमा जनताको ज्यान गएको यो घटनाको मुख्य कारण तत्कालीन प्रतिगामी सरकार र त्यसका अर्थमन्त्री भएको हाम्रो निश्कर्ष छ,’ विज्ञप्तीमा भनिएको छ ।

सत्ता र शक्तिको आडमा मोतिपुर क्षेत्रमा बसेका जनतालाई लखेटने दुस्साहसको परिणाम मोतिपुर क्षेत्र रणमैदानमा परिणत भएको पनि विज्ञप्तीमा बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर