२९ वर्षीय हाडजोर्नी रोगका चिकित्सकको कोरोना संक्रमणबाट मृत्यु — OSNepal

२९ वर्षीय हाडजोर्नी रोगका चिकित्सकको कोरोना संक्रमणबाट मृत्यु

LC (KTM) May 23, 2021 0

वीरगञ्ज नेठ ९ । कोरोना संक्रमणबाट २९ वर्षीय एक चिकित्सकको ज्यान गएको छ । ज्यान गुमाउनेमा वीरगञ्ज महानगरपालिका– ३ छपकैयाका २९ वर्षीय हाडजोर्नी रोगका चिकित्सक मुराद हुसेन रहेका छन् । एक महिना अगाडी मात्र बंगलादेशको शेख मुजीब मेडिकल युनिर्भसिटीबाट पढाई पुरा गरेर फर्किएका थिए ।

कोरोना संक्रमितकोउपचारमा खटिएका डा हुसेनसँगै वीरगञ्ज हेल्थ केयरका ५ जना चिकित्सकलाई एकैपटक कोरोना संक्रमण भएको थियो । एक साता सम्म विरगञ्जमा राखेर उपचार गर्दा पनि डा हुसेनको स्वाथ्यमा सुधार नआएपछि उनलाई थप उपचारको लािग १० दिनअघि मात्र हेलिकप्टरबाट काठमाडौंस्थित मेडिसिटी अस्पतालमा ल्याइएको थियो ।

तर, उनको दुवै फोक्सोमा कोरोनाको संक्रमण भएकाले स्वास प्रश्वासमा समस्या आएको थियो । आज उनको उपचारको क्रममा बिहान ज्यान गउको अस्पतालले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर