एजेन्सी । आफन्तको जन्मदिनमा पनि अनुहार लुकाएर कोही पाहुना पुग्छन् भने उनीहरुलाई तपाई के भन्नुहुन्छ रु यस्तै भएको छ भारतीय अभिनेता अर्जुन कपुरको ब्यक्तिगत जीवनमा पनि । अर्जुनकी आफ्नी बहिनी अंशुला कपुरको बर्थडे पार्टीमा कालो मास्क लगाएर अनुहार लुकाइ पुगेपछि उनलाई पार्टीमा देख्नेहरु नै चकित परे ।
अर्जुनले आफ्नो आउँदै गरेको फिल्म ‘संदीप और पिंकी फरार’काको लागि आफ्नो लुकमा केही परिवर्तन गरेका थिए र त्यही लुक गोप्य राख्न मास्क लगाएको भारतिय मिडियाहरुले जनाएका छन् ।
चलचित्रमा अर्जुन सुन्दरी नायिका परिणती चोपडासँग फिल्ममा काम गरेका थिए । जसको छायांकन केही प्रतिशत नेपालमा समेत गरिएको थियो । पछिल्लो समय उनी प्रमिका मलाइका सँग डेटमा रहेका छन् । यो जोडीले केही समय पछि बिहे गर्ने बताइएको छ ।