मासु पसल सञ्चालन गर्दै आएका एक व्यवसायीको हत्या — OSNepal

मासु पसल सञ्चालन गर्दै आएका एक व्यवसायीको हत्या

LC (KTM) October 11, 2021 0

झापा २५ असोज । मासु पसल सञ्चालन गर्दै आएका एक व्यवसायीको हत्या भएको छ । झापाको बिर्तामोडमा अर्जुनधारा–६ स्थित शनिश्चरे जाने बाटोमा महानन्द चौक नजिकै स्थानीय इन्द्र मगरको हत्या भएको हो ।

शरीरका विभिन्न भागमा चोटपटक लागेको अवस्थामा राती १० बजे घटनास्थलमा पुगेको इलाका प्रहरी कार्यालय बिर्तामोडको टोलीले शव फेला पारेको हो ।

इलाका प्रहरी कार्यालय बिर्तामोडको प्रारम्भिक अनुशन्धानबाट उनको हत्या भएको खुल्न आएको छ ।

उनको शव पोष्टमार्टमका लागि शव मेची अस्पताल भद्रपुर पठाइएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर