लिबियाका विद्रोहीहरू विदेशी लडाकु र भाडाका सिपाही फिर्ता गर्ने सहमति नजिक — OSNepal

लिबियाका विद्रोहीहरू विदेशी लडाकु र भाडाका सिपाही फिर्ता गर्ने सहमति नजिक

LC (KTM) October 11, 2021 0

जियो ब्यारेन्ट्स-लिबियाका विद्रोहीहर विदेशी लडाकुहरू र भाडाका सिपाहीहरू फिर्ता लिने प्रारम्भिक सम्झौतामा पुगेको संयुक्त राष्ट्रसंघले जनाएको छ। यो हिंसाग्रस्त देशलाई एकीकृत गर्ने दिशामा यो सम्झौता एक महत्त्वपूर्ण कदम हुनेछ।

विदेशी सिपाहीहरू र भाडाका लडाकुहरूको विषय लामो समयदेखि विवादित रहँदै आएको छ। विशेषतः डिसेम्बरमा हुने लिबियाको ऐतिहासिक आमचुनाव भन्दा पहिले यो विषयलाई समाधान गर्नुपर्ने तीव्र दबाब छ । सन् २०११ मा नाटो समर्थित विद्रोहीले लामो समयदेखि शासनमा रहेका तानाशाह मोहम्मद गद्दाफीलाई सत्ताच्यूत गरेपछि लिबिया अराजकतामा फसेको छ। तेलले धनी देश वर्षौंदेखि प्रतिद्वन्द्वी र सरकार बीच विभाजित छ मूलतः एउटा त्रिपोलीको राजधानीमा र अर्को देशको पूर्वी भागका बीच। । ती दुई पक्ष विभिन्न विदेशी शक्तिहरू र मिलिसिया समूहहरूद्वारा समर्थित छन्।

संयुक्त राष्ट्रसंघको मध्यस्ततामा प्रतिद्वन्द्वीहरू बीच एक क्रमिक र सन्तुलित किसिमको वार्तामा शुक्रबार हस्ताक्षर भएको हो । तीन दिनको वार्तापछि उक्त सहमति भएको हो । दुवै पक्षबाट पाँच-पाँच सदस्यले सहमतिमा हस्ताक्षर गरेका छन् । यस सहमतिलाई भाडाका सिपाही र विदेशी लडाकु फिर्ताका लागि महत्त्वपूर्ण कदम हुने विश्वास लिइएको छ। लिबियाका लागि संयुक्त राष्ट्रसंघका विशेष दूत जन कुबिसले यो कदमलाई “अर्को ब्रेकथ्रुग” को रूपमा स्वागत गरेका छन् ।(रासस-एपी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर