प्रजातान्त्रीक आन्दोलनका योद्धा रामप्रसाद दुलालको स्मृतीमा इलाममा पत्रकारिता पुरस्कारको घोषणा — OSNepal

प्रजातान्त्रीक आन्दोलनका योद्धा रामप्रसाद दुलालको स्मृतीमा इलाममा पत्रकारिता पुरस्कारको घोषणा

LC (KTM) October 10, 2021 0

प्रजातान्त्रीक आन्दोलनका योद्धा रामप्रसाद दुलालको स्मृतीमा इलाममा पत्रकारिता पुरस्कारको घोषणा गरिएको छ । नेपाल प्रेस युनियन इलामले फिक्कलमा आयोजना गरेको विजयादशमी, दिपावली, छठ र नेपाल संवतको शुभकामना आदान प्रदान कार्यक्रममा उक्त पुरस्कार घोषणा गरिएको हो । दुलालका परिवारका तर्फबाट युनियनका केन्द्रिय सदस्य माधव प्रसाद चम्लागाईले प्रत्येक बर्ष कृषि, पर्यटन, शिक्षा लगायतको क्षेत्रमा पत्रकारिताको माध्यमबाट योगदान गर्ने पत्रकारलाई प्रदान गर्ने गरी राम प्रसाद दुलाल (जिल्ला बा) स्मृती पत्रकारिता पुरस्कारको घोषणा गरेका हुन् ।

प्रत्येक वर्षको दशैं र तिहारको विचमा वितरण गर्ने सो पुरस्कारको राशि २० हजार रुपयाँ नगद रहने र इलामलाई आधार बनाएर इलाम भित्र र बाहिर रहेका पत्रकारलाई उक्त पुरस्कार प्रदान गरिने चम्लागाईँले जानकारी दिए । पुरस्कारको व्यवस्थापन तथा संयोजन नेपाल प्रेस युनियन इलामले गर्ने जनाइएको छ । इलाममा नेपाल पत्रकार महासंघले स्थापना गरेको आशिष स्मृती पत्रकारिता पुरस्कार प्रत्येक वर्षको बैशाख १ गते प्रदान गरिने गरेको छ । पुरस्कार घोषणाले जिल्लामा बसेर पत्रकारीता गर्ने पत्रकारहरुलाई हौसला थपेको युनियनकी जिल्ला अध्यक्ष सविता पाण्डेले बताइन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर