प्रदेश नं १ मा कोरोना सङ्क्रमण दर घट्दै — OSNepal

प्रदेश नं १ मा कोरोना सङ्क्रमण दर घट्दै

LC (KTM) October 10, 2021 0

विराटनगर, २४ असोज- पछिल्लो समयमा प्रदेश नं १ मा कोरोना सङ्क्रमण दर घट्दै गएको पाइएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार गएको २४ घण्टामा ५८८ जनाको पीसीआर परीक्षण गर्दा १०३ र ९७ जनाको एन्टिजेन परीक्षण गर्दा सात जना गरी कूल ११० जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

झापा, मोरङ र सुनसरीमा क्रमश ः ४७, ३२ र १५ जना तथा धनकुटा र तेह्रथुममा दुई÷दुई, इलाममा एक र प्रदेश बाहिरका चार जनामा सङ्क्रमण देखिएको हो । प्रदेशमा आजै १२४ महिलासहित २११ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणबाट दुई पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर