राष्ट्रपति र प्रधानमन्त्रीको तस्वीरमा गोबर छ्यापेको आरोपमा नेविसंघका नेता त्रिपाठी पक्राउ — OSNepal

राष्ट्रपति र प्रधानमन्त्रीको तस्वीरमा गोबर छ्यापेको आरोपमा नेविसंघका नेता त्रिपाठी पक्राउ

LC (KTM) May 23, 2021 0

काठमाडौँ-ष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको तस्वीरमा गोबर छ्यापेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नेपाल विद्यार्थी संघका नेता नवराज त्रिपाठी रहेका छन् ।उनलाई प्रहरीले मध्यबानेश्वरको पिपलबोटबाट पक्राउ गरेको हो । उनलाई हाल महानगरीय प्रहरी वृत्त, बानेश्वरको हिरासतमा राखिएको छ ।

यसैबीच, त्रिपाठीलाई विनाशर्त रिहाइ गर्न नेविसंघ महामन्त्रीद्वय दीपक भट्टराई र बलदेव तिमल्सिनाले माग गरेका छन्। राष्ट्रपति र प्रधानमन्त्रीले मध्यरातमा संविधानको चीरहरण गरेको प्रतिगामी कदमको विरुद्ध प्रतीकात्मक विरोधस्वरुप प्रतिगमनका मतियार, दिमागमा गोबर भरिएका विद्या भण्डारी तथा केपी शर्मा ओलीलाई गोबर उपहार पठाउने कार्यक्रम नयाँ बानेश्वरमा १० बजे राखेको थियो।

तर उक्त कार्यक्रम गर्न लाग्दा प्रहरीले नेपाल विद्यार्थी संघका साथीहरुमाथि प्रहरी हस्तक्षेप गरेको नेविसंघका एक नेताले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर