आफ्ना पार्टीबाट सरकारमा सहभागी नवनियुक्त मन्त्रीहरुलाई अध्यक्ष नेपालको निर्देशन : रक्सी खान छाडिदिनुहोस् — OSNepal

आफ्ना पार्टीबाट सरकारमा सहभागी नवनियुक्त मन्त्रीहरुलाई अध्यक्ष नेपालको निर्देशन : रक्सी खान छाडिदिनुहोस्

LC (KTM) October 10, 2021 0

काठमाडौं २४ असोज । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकारमा सहभागी आफ्ना पार्टीका सबै नवनियुक्त मन्त्रीहरुलाई इमान्दारी र कर्तव्य निष्ठाका साथ देश र जनताको हितमा काम गर्न निर्देशन दिएका छन् ।

आज आइतबार पार्टी कार्यालयमा छलफलका लागि बोलाएका अध्यक्ष नेपालले नियुक्त भएका सबैलाई इमान्दारी र कर्तव्य निष्ठाका काम गर्न निर्देशन दिएका हुन् ।

पार्टी विवादमा आउने कुनै पनि काम नगर्न भन्दै उनले बदनामी कमाउने कुने काम नगर्न समेत उनले आग्रह गरेका छन् । आफ्ना निजी स्वार्थबाट बाहिर निस्किएर राष्ट्र र जनताको हितलाई केन्द्रबिन्दु बानएर काम गर्न निर्देशन दिएका छन् ।

रक्सी खाएर मात्तिने, महिलासँग जोडिएका कुनै कुरा सुन्न नपोस् समेत भनेका छन् । पार्टीको निर्देश र सल्लाहलाई केन्द्रविन्द्रुमा राखेर काम गर्न समेत भनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर