बुटवलमा अहिले ४ बजेबाट कफ्र्यु लगाइयो — OSNepal

बुटवलमा अहिले ४ बजेबाट कफ्र्यु लगाइयो

LC (KTM) October 10, 2021 0

बुटवल २४ असोज । स्थानीय र प्रहरीबीच झडप हुँदा रुपन्देहीको बुटवलस्थित मोतीपुर औद्योगिक क्षेत्रमा गोली चलेपछि उक्त स्थितिलाई सामान्य बनाउन स्थानीय प्रशासनले कर्फ्यु जारी गरेको छ ।

आज ४ बजेबाट लागु हुने गरी अर्को सुचना अनाए सम्मका लागि पूर्वमा तिनाउ नदी, पश्चिममा हरिहरपुरको खेती योग्य जमिन, उत्तरमा शिवनगर रानीगञ्ज वस्ती र दक्षिणमा बुटवल उपमहानगरपालिका-१८ औद्योगिक करिडोरको जमिन रहेको भागसम्म लागू हुने गरी कर्फ्यु जारी गरिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारीले जानकारी दिएका छन् ।

औधोगिक क्षेत्र कब्जा गरी बसेकाहरुलाई हटाउन खोजेपछि झडप हुँदा सशस्त्र प्रहरीले गोली चलाएको थियो । प्रहरीले चलाएको गोलीबाट दुई जना घाइते भएका छ थिए । घाइतेहरुको टाउको रछातीमा गोली लागेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर