सबैले सुने हुन्छ, प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हो, कसैले सपना नदेखे हुन्छ : प्रधानमन्त्री देउवा — OSNepal

सबैले सुने हुन्छ, प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हो, कसैले सपना नदेखे हुन्छ : प्रधानमन्त्री देउवा

LC (KTM) October 10, 2021 0

काठमाडौं २४ असोज प्रधानमन्त्री शेरबहादुर देउवाले प्रजातन्त्रको विकल्प प्रजातन्त्र बाहेक अरु हसन नसक्ने दावी गरेका छन् ।

साक्षर गण्डकी घोषणा कार्यक्रममा सहभागी हुन पोखरा पुगेका देउवाले कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो प्रतिक्रिया दिएका हुन् ।

पूर्ण रुपमा संघीयता कार्यान्वयन गर्न बाँकी रहेको बताएका देउवाले भनेका छन्, ‘देशमा छिटो छरितो विकासका कामहरु अघि बढाउन बाँकी छ । जनताले भोटबाट प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै भएको पुष्टि गर्न आवश्यक छ । सबैले सुने हुन्छ, प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हो । कसैले सपना नदेखे हुन्छ, हामी सबै पार्टी प्रजातन्त्रको लागि लडेरै आएका हौँ, त्यसैले प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हो अरु हुन सक्दैन ।’

कार्यक्रममा उनले सबैले जनताको नाममा राजनीति गरे पनि जनताले चुनावमा नतिजा देखाइदिने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर