हमालको राजीनामा पछि रावलको प्रश्न : प्रधानमन्त्री र प्रधानन्यायाशिधले पनि यस्तै नैतिकता देखाउने आँट छ ? — OSNepal

हमालको राजीनामा पछि रावलको प्रश्न : प्रधानमन्त्री र प्रधानन्यायाशिधले पनि यस्तै नैतिकता देखाउने आँट छ ?

LC (KTM) October 10, 2021 0

काठमाडौं २४ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावलले व्यापक विरोध पछि मन्त्री गजेन्द्र हमालले त राजीनामा दिए अब निजलाई मन्त्री बनाउने प्रमं देउवा, गठबन्धनका शीर्ष नेताहरू र प्रन्या चोलेन्द्र राणाले नैतिकता देखाउने आँट गर्नुहुन्छ कि गर्नुहुन्न ? भन्दै प्रश्न सोधेका छन् ।

रावलले टुवीटर मार्फत मन्त्री बजाउने प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबराले तथा गठबन्धनका शीर्ष नेताहरूले राजीनामा दिनुपर्ने भन्दै आफ्नो नैतिकता देखाउन भनेका हुन् ।

निहित स्वार्थमा विधि, प्रणाली र नैतिकता मिच्नेहरूले नै देशलाई संकटतर्फ धकेल्दै आएको भन्दै उनले यस्तो बताएका हुन् । शुक्रबार देउवाले गजेन्द्र हमाललाई उद्योग मन्त्रीमा नियुक्त गरेका थिए । तर चौतर्फी विरोध भएपछि उनले आज नै पदबाट राजीनामा दिएका हुन् ।

उनले भनेका छन्, ‘व्यापक विरोध पछि मन्त्री गजेन्द्र हमालले त राजीनामा दिए अब निजलाई मन्त्री बनाउने प्रमं देउवा, गठबन्धनका शीर्ष नेताहरू र प्रन्या चोलेन्द्र राणाले नैतिकता देखाउने आँट गर्नुहुन्छ कि गर्नुहुन्नरु निहित स्वार्थमा विधि, प्रणाली र नैतिकता मिच्नेहरूले नै देशलाई संकटतर्फ धकेल्दै आएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर