काठमाडौं २४ असोज । संविधानविद् डा.भीमार्जुन आचार्यले शुक्रबार भएको गवठवन्धन दलहरुको मन्त्रिपरिषद् विस्तारलाई लिएर आपत्ती जनाएका छन् । उनले देउवा खराब थिए,खराबै रहने पक्का भयो भन्दै यो दुखद भएको बताएका हुन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको सिफारिसमा गजेन्द्र हमाललाई मन्त्री बनाएपछि आचार्यले भनेका छन्, ‘यसको अर्थ देउवा भन्दा पहिलेको मन्त्रिपरिषद् मुलुकका लागि ठीक थियो भन्ने कदापि होइन । दुवै खराब थिए, खराबै रहने भए।’
तथापी, दुई दिनमा नै चौतर्फी आलोचना भएपछि हमालले आज राजीनामा दिएका छन् । उनको राजीनामा प्रधामन्त्री देउवाले स्विकृत समेत गरिसकेका छन् ।
परमादेशुसँग न्यायालयका मुख्यले मन्त्री पदको सट्टापट्टा गरेको कुरा आयो।जसरी गरेका हुन, गरेकै देखियो।
इजलासमा अरू चार जना पनि थिए,उनीहरूले कुनै पदक वा भाग पाएको नसुनिएको बताएका उनले प्रश्न गरेका छन्, ‘के देउवा वा न्यायालयको कुनै एक पात्रको कुकर्मले बाँकी सबै दोषी हुन्छन् ?’