दुई पटक महासचिव बनेका पोखरेलले भने-पार्टीको दशौँ महाधिवेशन महासचिव दोहोरिने छैन — OSNepal

दुई पटक महासचिव बनेका पोखरेलले भने-पार्टीको दशौँ महाधिवेशन महासचिव दोहोरिने छैन

LC (KTM) October 10, 2021 0

काठमाडौं २४ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टीको दशौँ महाधिवेशन महासचिवमा आफु नदोहोरिने बताएका छन् ।

आज आइतबार सञ्चारकर्मीहरुसँग वडा दशैँको शुभकामना आदानप्रदान कार्यक्रममा आफु अब महासचिव नबन्ने बताएका हुन् । ‘दुई चोटी एमालेको महासचिव भइसकेकाले अब महासचिव दोहोरिने छैन’ उनले भने ।

पार्टीमा आगामी नेतृत्वमा कुनै हानथाप नभएको बताएका उनले अबको भूमिका के हुने कस्तो हुने भन्ने टिममा भर पर्ने बताएका छन् । एमालेका आगामी दशौँ महाधिवेशन मंसिरमा हुने कार्यक्रम रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर