आशंकाकैबीच मन्त्रीपदमा बसिरहन उपयुक्त नलागेको भन्दै नवनियुक्त उद्योग हमालले बुझाएको राजीनामा प्रधानमन्त्रीबाट स्वीकृत — OSNepal

आशंकाकैबीच मन्त्रीपदमा बसिरहन उपयुक्त नलागेको भन्दै नवनियुक्त उद्योग हमालले बुझाएको राजीनामा प्रधानमन्त्रीबाट स्वीकृत

LC (KTM) October 10, 2021 0

काठमाडौं २४ असोज । चौतर्फी आलोचना र विवाद भएपछि नवनियुक्त उद्योग, बाणिज्य तथा आपुर्ती मन्त्री गजेन्द्रबहादुर हमालले पदबाट राजीनामा दिएका छन् । आशंकाकैबीच मन्त्रीपदमा बसिरहन उपयुक्त नलागेकाको भन्दै हमालले आज बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगी मन्त्री पदबाट राजीनामा दिएका हुन् ।

उनले दिएको राजीनामा प्रधानमन्त्री शेरवहादुर देउवाले स्वीकृत पनि गरिसकेका छन् । धानमन्त्रीको निजी सचिवालयले दिएको जानकारी अनुसार प्रधानमन्त्री देउवाले नै आलोचना भएको भन्दै हमाललाई राजीना दिन आग्रह गरिएको जनाइएको छ ।

हमालले प्रधानमन्त्री देउवालाई बुझाएको राजीनामा पत्रमा भनिएको छ,
‘सम्माननीय प्रधानमन्त्रीज्यू म लामो समयदेखि कांग्रेसको विभिन्न पदहरुमा सक्रिया रही बाँके जिल्लाको पार्टी सभापतिसमेत भएर काम गरेकाले पार्टीले सोही अनुसार मुल्यांकन गरेर मन्त्री पदमा नियुक्ति गरेको मैले ठानेको छु’, हमालले राजिनामा पत्रमा उल्लेख छ, ‘हाल विभिन्न संचारमाध्यायमहरुमा संप्रेसित समाचार तथा कानुनविद्हरुले मेरो नियुक्तिलाई अन्यायपूर्वक अन्यत्र जोडी समाचार संप्रेसित गरेको र यस्ता समाचारले आफ्नो बर्षोसम्म लोकतन्त्र, विधिको शाशन तथा राज्यका निकायहरुबीच शक्ति पृथकिकरणको सिद्धान्तको लागि लडेको लडाईको समेत अवमुल्ययन भएको बोध भएको छ । तर पनि मेरो नियुक्तिको विषयलाई लिएर प्रश्न उठेबाट म पदभन्दा व्यवस्थाका लागि लडेको व्यक्ति भएकाले यस्तो आशंकाकैबीच मन्त्रीपदमा बसिरहन उपयुक्त नलागेकाले मन्त्री पदबाट राजिनामा दिएको छु ।’

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको ‘कोटा’बाट हमाललाई देउवाले मन्त्री बनाएको भन्दैचौतर्फी आलोचना भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर