स्याङ्गजाबाट बुटवलतर्फ जाँदै गरेको तिब्र गतिको ट्रकले ठक्कर दिँदा श्यामबहादुरको घटनास्थलमा नै गयो ज्यान — OSNepal

स्याङ्गजाबाट बुटवलतर्फ जाँदै गरेको तिब्र गतिको ट्रकले ठक्कर दिँदा श्यामबहादुरको घटनास्थलमा नै गयो ज्यान

LC (KTM) October 10, 2021 0

पाल्पा,२४ असोज । पाल्पाको बगनासकाली गाउँपालिका-२ मा ट्रकको ठक्करबाट एकजना बटुवाको मृत्यु भएको छ । आईतबार बिहान स्याङ्गजाबाट बुटवलतर्फ जाँदै गरेको ग २ ख ३३५ नम्बरको ट्रकले ठक्कर दिँदा बगनासकाली २ का ५९ वर्षीय श्यामबहादुर रोकायाको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख ज्ञानप्रसाद ज्ञवालीले जानकारी दिए ।

ठक्कर दिने ट्रकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर