दँशैको मुखैमा जीप दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते — OSNepal

दँशैको मुखैमा जीप दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते

LC (KTM) October 10, 2021 0

जाजरकोट, २४ असोज-रुकुम पश्चिमको सानीभेरी गाउँपालिका- ११ अर्मापाखामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आइतबार बिहान ३ बजेतिर ग१ज४४५४ नम्बरको जीप दुर्घटना हुँदा सानीभेरी गाउँपालिका-९ का ३१ वर्षीय जीवन भण्डारीको मृत्यु भएको हो ।

भण्डारीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डेकेन्द्र शर्माले जानकारी दिए । दुर्घटनामा परी २ जना घाइते भएका छन् । घाइते हुनेमा सानीभेरी- ३ का १९ वर्षीय समीर परियार र १० का २९ वर्षीय तिलक खड्का रहेको प्रहरीले जनाएको छ । घाइतेलाई उपचारका लागि चौरजहारी लगिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर