आज देशका यि यि स्थानमा वर्षाको सम्भाबना — OSNepal

आज देशका यि यि स्थानमा वर्षाको सम्भाबना

LC (KTM) October 10, 2021 0

काठमाडौं, २४ असोज-आज आइतबार मध्य र पूर्वी नेपालमा वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १, बागमती र गण्डकीका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

सुदूरपश्चिम, कर्णालीबाट मनसुन बाहिरिसकेको छ भने लुम्बिनीका पश्चिमी भुभागबाट पनि मनसुन बर्हिगमन भइसकेको छ । जसकारण ती प्रदेशमा मनसुनी प्रभाव छैन । ठूलो वर्षाको सम्भावना पनि नरहेको मौसमविद्ले बताएका छन् ।तर, नेपालबाट मनसुन बाहिरिनसकेकाले पूर्वी नेपालमा भने त्यसको गतिविधि कायमै छ ।राति पनि प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक÷दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर