आर्यन खान संग जोडिएको ड्रग्स केसको नयाँ अप्डेट आईरहेको छ । केही समय अघि शाहरुख खानका ड्राईभर संग सोधपुछ गरिरहेको बेला फेरी अरबाज मर्चेन्टको सप्लायरलाई एनसीबीले गिरफ्तार गरेको छ । यस मामलामा यो १९ औ गिरफ्तार रहेको छ । एनसीबीलाई आर्यनको ड्रग्स केसमा एकदमै ठुलो सफलता मिलिरहेको छ । अरबाज मर्चेन्टका सप्लायरलाई एनसीबीले गिरफ्तार गरेको छ ।
खार बेस्टको मुरुगुन चालमा रहने शिबराज रामदासलाई गिरफ्तारमा लिईएको हो । एनसीबीले दाबी गरेको छ कि यही ब्यक्ति अरबाजलाई पहिला चरेस दिने ब्यक्ति हुन् । यसपछि अरबाजले आर्यनलाई दिने गरेको खुलासा भएको छ । यसैबीच यस केसमा अब सोधपुछको लागि सुपरस्टार शाहरुख खानका ड्राइभरलाई एनसीबीले बोलाएको छ ।
अहिले किंग खानका ड्राइभर संग एनसीबीको कार्यालयमा सोधपुछ चलिरहेको छ । शाहरुखको ड्राइभरको नाम राजेश मिश्रा रहेको छ । एनसीबी सुत्रका अनुसार शाहरुख खानका ड्राइभरसंग सोधपुछ अनुषन्धानको एक हिस्सा रहेको छ । बिशेष सुत्रका अनुसार आर्यन खान, अरबाज मर्चेन्ट, प्रतीक गाबासंग एक ब्यक्ति आर्यनको घरबाट निस्किएका थिए ।
उनीहरु सबै एकै साथ क्रुज पार्टीको लागि निस्किएका थिए । उनीहरु एक योजना बनाएरै घरबाट निस्किएका थिए । एनसीबीले यहि कुरालाई थप पुष्टि गर्नका लागि शाहरुख खानको ड्राइभर संग सोधपुछ गरिरहेको छ ।