काठमाडौं । कोरोना महामारीले विश्व नै आक्रान्त भएका बेला अमेरिकामा फेरि अर्को भाइरसको संक्रमण देखिएको छ । अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र ९सीडीसी० का अनुसार मानिसहरूमा साल्मोनेलाको प्रकोप देखिएको हो । यो प्रकोपका कारण कुखुराबाट टाढा रहन निर्देशन दिइएको छ ।
साल्मोनेला जीवाणु संक्रमणको एक प्रकार हो जसले ज्वरो, पखाला, कोलिक र बान्ता निम्त्याउन सक्छ ।राजधानी दैनिकमा यो खबर छ । अधिकांश व्यक्तिहरू उपचारविना पनि निको हुन्छन्, तर अधिक गम्भीर अवस्थालाई मृत्युको मुखमा पुर्याउन पनि सक्छ ।
संयुक्त राज्य अमेरिकाले ४३ राज्यका १६३ जना बिरामीमा गरेको अनुसन्धानमा यसको संक्रमण पुष्टि भएको हो । सीडीसी र जनस्वास्थ्य अधिकारीहरूले साल्मोनेला प्रकोपको बारेमा यो अनुसन्धान गरेको हो ।
स्वास्थ्य एजेन्सीहरू भन्छन्, “मानिसहरूले कुखुरालाई चुम्नुबाट बच्नुपर्छ । साथै, सकेसम्म उनीहरूको वरिपरि घुम्नु समेत हुँदैन । त्यसो नगर्दा यसका कीटाणुहरू तपाईंको मुखबाट शरीरमा पुग्न सक्छ र संक्रमण फैलाउन सक्छ र तपाईंलाई बिरामी बनाउन सक्छ ।”