भिडियोमा हेर्नुहोस्, रिसोर्ट जस्तो घरमा यसरी पालिएको छ बाख्रा — OSNepal

भिडियोमा हेर्नुहोस्, रिसोर्ट जस्तो घरमा यसरी पालिएको छ बाख्रा

LC (KTM) May 23, 2021 0

प्रेम बिष्ट चितवनको माडीका स्थानीय बासिन्दा हुन् । उनले बिगत एक दशकदेखि व्यवसायिक रुपमा बाख्रा पाल्दै आएका छन् । आर्थिक उपार्जनको लागि व्यवसायिक रुपमा बाख्रा पाल्न थालिएको प्रेम बिष्टले जानकारी दिएका छन् । बाख्रा पाल्न बिष्टलाइ उनका घरका सबैले सहयोग गरेका छन् ।

चितवनको माडी नगरपालिका वडा नम्वर ६ स्याउलीबासमा प्रेम बिष्टको रिसोर्ट जस्तै घर पनि छ । उनले सफा घर सुन्दर आँगन बिधामा नगरपालिकाबाट उपहार पनि पाएका छन् । आफ्नो घर जस्तै बिष्टले बाख्राको खोर पनि सफ राखेका छन् ।

दत्तचित्त भएर बाख्रा पालेको खण्डमा पैसा कमाउन बिदेश जानै नपर्ने उनले बताएका छन् । बाख्रा पालन व्यवसायमा लाग्नुभन्दा पहिला घाँर खोरको व्यवस्थापनमा लाग्नुपर्ने उनले सुझाव दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर