सर्वोच्च अदालतका प्रधान न्यायाधीशसंगको साँठगाँठमा हमाललाई मन्त्री बनाइएको खवरले गठबन्धनका नेताहरूको चरित्र र व्यवहार उदाङ्ग भएको छ — OSNepal

सर्वोच्च अदालतका प्रधान न्यायाधीशसंगको साँठगाँठमा हमाललाई मन्त्री बनाइएको खवरले गठबन्धनका नेताहरूको चरित्र र व्यवहार उदाङ्ग भएको छ

LC (KTM) October 08, 2021 0

काठमाडौँ २२ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष भीम रावलले नेपालको राजनीतिमा खतरनाक प्रवृत्ति र परम्परा एवम् घृणित खेललाई प्रवेश गराइएको टिप्पणी गरेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानन्यायाधीसको कोटामा उधोगमन्त्री बनेका गजेन्द्र हमालको नियुक्ति गरेको विषयलाई लिएर नेता रावलले यसो भनेका हुन् । हमाल जबराका जेठान पनि हुन् ।

उनले भनेका छन्, ‘सर्वोच्च अदालतका प्रधान न्यायाधीशसंगको साँठगाँठमा गजेन्द्र हमाललाई मन्त्री बनाइएको खवरले प्रमं देउवा र गठबन्धनका नेताहरूको गैरजिम्मेवार, स्वार्थी र अलोकतान्त्रिक चरित्र र व्यवहार उदाङ्ग भएको छ।’

उनले सामाजिक सन्जलमा लेखेका छन्, ‘सर्वोच्च अदालतका प्रधान न्यायाधीशसंगको साँठगाँठमा गजेन्द्र हमाललाई मन्त्री बनाइएको खवरले प्रमं देउवा र गठबन्धनका नेताहरूको गैरजिम्मेवार, स्वार्थी र अलोकतान्त्रिक चरित्र र व्यवहार उदाङ्ग भएको छ।यसले नेपालको राजनीतिमा खतरनाक प्रवृत्ति र परम्परा एवम् घृणित खेललाई प्रवेश गराएको छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर