जसपाका अध्यक्ष यादव सरकारमा नजाने — OSNepal

जसपाका अध्यक्ष यादव सरकारमा नजाने

LC (KTM) October 08, 2021 0

काठमाडौं २२ असोज । जनता समाजवादी पार्टी नेपालले पनि सरकारमा सहभागी हुने मन्त्रीको अनौपचारिक रुपमा टुंगो लगाएको छ । जसपाबाट राजेन्द्र श्रेष्ठ, रामसहायप्रसाद यादव, रेणु यादव र प्रमोद साह सरकारमा जाने भएका छन् ।

यधपी, मन्त्रालयको टुंगो भने लगाएको छैन । यता, प्रधानमन्त्री शेरबहादुर देउवाले उपप्रधानमन्त्री पद हटाएपछि जसपाका अध्यक्ष उपेन्द्र यादव भने सरकारमा नजाने भएका छन् ।

मन्त्रीको टुंगो लागेपछि संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई आजै गृहजिल्ला गोरखा पुगेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर