नागढुंगामा कार्यरत प्रहरी निरिक्षक त्रिभुवन सिंह थापासहित सबै प्रहरी कर्मचारीलाई हटाइयो — OSNepal

नागढुंगामा कार्यरत प्रहरी निरिक्षक त्रिभुवन सिंह थापासहित सबै प्रहरी कर्मचारीलाई हटाइयो

LC (KTM) October 08, 2021 0

काठमाडौं २२ असोज । महानगरीय प्रहरी प्रभाग नागढुंगाका कार्यरत प्रहरी निरिक्षकसहित सबै प्रहरी कर्मचारीलाई हटाइएको छ । सेवाग्राहीको जनगुनासो तथा आन्तरिक शुद्धिकरण भन्दै नागढुंगाका कार्यरत प्रहरी निरिक्षक त्रिभुवन सिंह थापालगायत सबै प्रहरीलाई हटाइएको बताइएको छ ।

प्रहरी निरिक्षक सिंह थापालगायत प्रहरीविरुद्ध व्यापक जनगुनासो बढेपछि थापाको स्थानमा अर्की प्रहरी निरिक्षक निरु दुवाललाई पठाईएको छ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीले दिएको जानकारी अनुसार थप सुरक्षा प्रवन्ध मिलाउन र आन्तरिक गुनासो सम्बोधन गर्न थापाको टाmेी हटाएर नयाँ टोली खटाइएको हो ।

थापाको कमाण्डमा ३३ जनाको दरबन्दी रहेको नागढुंगा नाका काठमाडौं प्रवेश गर्ने मुख्य नाका हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर