आजै ११ बजे मन्त्रिपरिषद् विस्तार गरी साँझ ४ बजे नवनियुक्त मन्त्रीहरुको शपथको तयारी — OSNepal

आजै ११ बजे मन्त्रिपरिषद् विस्तार गरी साँझ ४ बजे नवनियुक्त मन्त्रीहरुको शपथको तयारी

LC (KTM) October 08, 2021 0

काठमाडौं २२ असोज । तीन महिना पुग्नै लाग्दा गठवन्धन सरकारले आज मन्त्रिपरिषदलाई विस्तार गर्ने भएको छ । बालुवाटार स्रोतले दिएको जानकारी अनुसार अहिले बिहान ११ बजे मन्त्रिपरिषद् विस्तार गरी साँझ ४ बजे शपथ गराउने तयारी भएको बताइएको छ ।

मन्त्रालयलको भागवण्डामा सहमति भएसँगै सत्ता गठवन्धन दलहरुले पनि मन्त्रीको टुंगो लगाएका छन् । सहमति अनुसार कांग्रेसलाई प्रधानमन्त्रीसहित नौ, माओवादी केन्द्रलाई पाँच, जसपा र नेकपा (एकीकृत समाजवादी)ले चार÷चार मन्त्रालय पाउने भएका छन् । नेकपा माओवादी केन्द्रले अर्थ, ऊर्जा, शिक्षा, विज्ञान तथा प्रविधि, भूमि व्यवस्था तथा गरिबी निवारण र खानेपानी मन्त्रालय पाएको छ ।

जसपाले भौतिक पुर्वाधार तथा यातायात, कृषि तथा पशुपन्छी, संघीय मामिला तथा सामान्य प्रशासन र वन तथा वातावरण पाउने भएको छ । त्यसैगरी एकीकृत समाजवादीले शहरी विकास, संस्कृति तथा पर्यटन र श्रम तथा रोजगार मन्त्रालय पाउने भएका छन् ।

सत्तारुढ दल नेपाली कांग्रेसले रक्षा, गृह, परराष्ट्र, सञ्चार तथा सूचना प्रविधि, महिला तथा बालबालिका र युवा तथा खेलकुद मन्त्रालय लगायत पाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर