चर्चित फुटबलर लियोनल मेस्सी बाहिरीए संगै स्पेनिस क्लब बार्सिलोनाले ठुलो नोक्सान ब्यहोर्नु परेको खुलाएको छ । यहि आर्थिक वर्षमा ४ सय ९ मिलियन पाउण्ड घाटा व्यहोर्नु परेको बताइएको छ । मेस्सीको बहिरगमनले नभई कोरोनाको महामारीका कारण क्लबले उक्त घाटा भोग्नु परेको क्लबले दाबी गरेको छ । क्लबका अनुसार आम्दानीमा २६ प्रतिशतले गिरावट आएको छ । यसअघि नै बार्सिलोनाका अध्यक्ष जोआन लापोर्टाले क्लब १ दशमलब १५ विलियन पाउण्ड ऋणमा डुबेको बताएका थिए ।
क्लबले दिएको जनाकारी अनुसार कोरोनाको प्रभाव १ सय ५४ मिलियन पाउण्ड रहेको छ । दुईवटै स्टेडियम तथा क्लबका अन्य सुविधाहरुलाई खोल्न नसकेकै कारण घाटा ब्यहोर्नु परेको बताइएको छ । क्लब संचालन खर्च पनि १९ प्रतिशतले बढेको क्लबले जनाएको छ । क्लब खर्च मात्र ९ सय ६७ मिलियन पाउण्ड पुगेको थियो जुन क्लबका लागि अहिलेसम्मकै उच्च हो ।