झापाको एक प्लाइ उद्योगमा आगलागि, ७० लाखको क्षती — OSNepal

झापाको एक प्लाइ उद्योगमा आगलागि, ७० लाखको क्षती

LC (KTM) October 07, 2021 0

झापाको बिर्तामोडमा रहेको एक प्लाइ उद्योगमा आगलागी भएको छ । आगलागी बाट प्लाई उद्योगमा ठुलो क्षती पुगेको छ । बिर्तामोड नगरपालिका वडा नम्बर २ मा रहेको नमस्ते प्लाइ उद्योगमा आज साँझ आगलागी भएको थियो । आगलागी बाट अनुमानित ७० लाख रुपैयाको क्षती भएको इप्रका अनारमनी बिर्तामोडका प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष आचार्यले जानकारी दिए ।

अनुमानित ७० लाख जतिको क्षती भएको उद्योगका सञ्चालक राजु जैनले पनि जानकारी दिएका छन् । आगलागिको कारण भने खुल्न सकेको छैन । आगलागी स्थानीय बिर्तामोड नगरपालिकाको वारुण यन्त्र , प्रहरी तथा स्थानीयबासीको सहयोगमा नियन्त्रणमा आएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर