मासु खरीद गर्दै हुनुहुन्छ ? होशियार रहनुस् , ईटहरीमा मासु पसलको अनुगमन गर्दा ३ केजी पुरानो बोसो भेटियो — OSNepal

मासु खरीद गर्दै हुनुहुन्छ ? होशियार रहनुस् , ईटहरीमा मासु पसलको अनुगमन गर्दा ३ केजी पुरानो बोसो भेटियो

LC (KTM) October 07, 2021 0

चाडपर्व नजिक आए संगै इटहरी उपमहानगरपालिकामा वजार अनुगमन तिव्र वनाइएको छ । चाडपर्वका बेलामा सबैभन्दा बढी उपयोग हुने मासु पसलको आज अनुगमन गरिएको छ । इटहरी वजारको वसपार्क छिर्ने लाइनका मासु पसलको अनुगमन गर्दा कुनै पसलमा पनि मूल्य सूची नभएको पाइएको छ । उपभोक्ता हित संरक्षण समितिकि संयोजक उपमेयर लक्ष्मी गौतमको नेतृत्वमा वजार अनुगमन गरिएको हो ।

उपमहानगरपालिका,जिल्ला प्रशासन कार्यालयको प्रतिनिधि, खादय प्रविधि तथा गुण नियन्यण कार्यालयका प्रतिनिधि,उपभोक्ता अधिकारवादी संस्थाका प्रतिनिधि र प्रहरी सहित अनुगमन गरिएको हो । सात वटा मासु पसल अनुगमनका क्रममा एउटा पसल वाट तीन केजी पूरानो वोसो जफत गरि नष्ट गरिएको छ । दुई वटा पसलले ब्यवसाय नविकरण नगरेको भेटिएको छ ।

यस अघि अनुगमन गरिएका मासुपसलहरुमा सुधार भएको पाइएको उपमहानगरको उपभोक्ता हीत संरक्षण शाखा प्रमुख नोवल किशोर भटटराईले जानकारी दिए । अनुगमनका क्रममा मासु पसलले पालना गर्नुपर्ने मापदण्डका वारेमा जानकारी गराइएको र अर्को पटक अनुगमन गर्दा मापदण्ड पालना नगरेको पाइए कानुन वमोजिम कारवाहीको दायरामा ल्याउने शाखा प्रमुख भट्टराईले जानकारी दिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर