सत्तारुढ दलका शीर्ष नेताहरुको बैठक बालुवाटारमा सुरु — OSNepal

सत्तारुढ दलका शीर्ष नेताहरुको बैठक बालुवाटारमा सुरु

LC (KTM) October 07, 2021 0

काठमाडौँ २१ असोज । मन्त्रिपरिषद् विस्तार हुनु अघि नै सत्तारुढ दलका शीर्ष नेताहरुको बैठक सुरु भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको बैठकमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 9प्रचण्ड), नेकपा 9एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सहभागीता रहेको छ ।

आजको बैठकमा गत मंगलबार भएको मन्त्रालयको भागवण्डाको विषयलाई अन्तिम रुप दिइने स्रोतले जनाएको छ ।

मन्त्रिपरिषदमा कांग्रेसले ८, माओवादी केन्द्रले ५, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी ९जसपा०ले समान ४–४ मन्त्रालय लिने सहमति भएको थियो ।

माओवादीले भने तीन मन्त्री र एक राज्यमन्त्रीको नाम सार्वजनिक गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर