प्रचण्ड र प्रचण्ड पुत्री रेणु दाहाललाई चितवनबाट लखेट्नु पर्छ : जितनारायण श्रेष्ठ — OSNepal

प्रचण्ड र प्रचण्ड पुत्री रेणु दाहाललाई चितवनबाट लखेट्नु पर्छ : जितनारायण श्रेष्ठ

LC (KTM) October 07, 2021 0

काठमाडौं २१ असोज । सत्तारुढ दल नेपाली कांग्रेस चितवन जिल्ला सभापति जितनारायण श्रेष्ठले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमद दाहाल प्रचण्ड र उनकी पुत्री भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाललाई चितवनबाट लखेट्नु पर्ने बताएकी छन् ।

बुधबार चितवनमा आयोजित बधाई शुभकामना तथा पद हस्तान्तरण कार्यक्रममा बोल्दै नेता श्रेष्ठले यस्तो आक्रोश पोखेका हुन् ।

कार्यक्रममा पैसाले कांग्रेसलाई कम्युनिष्ट बनाउने र रेणु दाहालले भन्दै उनले भने, ‘हामीले भोट हालेर जिताइदिनुछ, भोटले नपुगेर मतपत्र च्यातेर जित्नुछ, अनि फेरि उल्टो पैसा लगेर कांग्रेसलाई कम्युनिष्ट बनाउने रे रेणु दाहाल ।’

चितवनबाट यी दुईलाई लखेट्ने संकलप गर्नुपर्ने भन्दै उनले रेणु दाहालले गरेको ज्यादतकिो विषयमा आफुहरुले भण्डाफोर गर्ने समेत बताएका थिए ।

‘हामीले जितेका वडामा गएर पैसा लगेर कांग्रेसलाई कम्युनिस्ट बनाउने रे !’ उनले मेयर दाहालतर्फ प्रश्नगर्दै भने, ‘यसको भण्डाफोर हामीले गर्नुपर्छ ’ उनले भने ।

उनले कार्यक्रम मार्फत आफु एक पद दुई चोटी नखाने समेत उद्घोष गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर