१४औं महाधिवेशनमा महामन्त्रीमा पराजित भएपनि राजनीति छोड्दिन : गगन थापा — OSNepal

१४औं महाधिवेशनमा महामन्त्रीमा पराजित भएपनि राजनीति छोड्दिन : गगन थापा

LC (KTM) October 07, 2021 0

काठमाडौं २१ असोज । सत्तारूढ दल नेपाली कांग्रेसका नेता तथा पुर्व मन्त्री गगन थापाले अब पार्टीबाट सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र अर्का नेता कृष्णप्रसाद सिटौलाले विदा लिनुपर्ने बताएका छन् ।

हिजो राति एक कार्यक्रममा सहभागी भएका नेता थापाले यस्तो बताएका हुन् । कार्यक्रममा उनले देशभरिका पार्टी नेता तथा कार्यकर्ताको आर्शिवाद लिएर आगामी १४औं महाधिवेशनमा महामन्त्रीमा उम्मेद्धवारी दिएको समेत स्पष्ट पारेका छन् ।

‘मेरो त अझैपनि प्रयास के रहन्छ भने पार्टीका सभापतिलगायत शीर्ष नेताहरुले अब हामी अभिभावक भएर बस्छौं, अब नयाँ पुस्ता आनुहोस भनेर भन्दिनुभयो भने त्यसले पार्टीभित्र नयाँ सिन्यार्यु आउँछ ।’ थापाले भने ।

एस पटको महाधिवशेनमा कसैलाई हराउनु नभई आफैले जित्नुमात्रै रहेको भन्दै उनले महामनत्रीमा पराजित भएपनि राजनीति नछाड्ने बताएका छन् । आउँदो माहाधिवेशनमा आफुहरु सबै मिलेर महाधिवेशनमार्फत देउवालाई विस्थापित गर्नुपर्ने थापाको तर्क रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर